दोलखा,२ पुष । भिमेश्वर नगरपालिका वडा नं -३ का वडाअध्यक्ष हरिशरण शिवाकोटीले नगरपािलकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन्।
आफ्नो वडा कार्यलयको कर्मचारी सचिब भिमबहादुर बस्नेतलाई आफ्नो सहमति बिपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत शंकर नेपालको कार्यकक्षमा आज ताला लगाएका हुन्।
ताला लाएपछि शिवाकोटीले भने,”मलाई पटक-पटक फरक पार्टीको वडा अध्यक्ष बिजयी भएको भन्दै, नगरपालिकाका दलगत स्वार्थमा रहेका कर्मचारीबाट पेलिदै आएको थिएँ।अहिले कुनै पार्टीको पिछालगु बनेर कार्यकारी जस्तो ब्यक्तिले नै मनपरि ढङ्गले,मेरो सहमति बिना सरुवा गरिएको छ, त्यो म मान्दिन।”
भिमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिब भिम बहादुर बस्नेतलाई वडा नम्बर ३ बाट ५ मा कामकाजका लागि खटाईएको भन्दै सरुवा गरेर सहायक स्तर पाँचौ लक्ष्मी कार्कीलाइ वडा नम्बर-३ मा सरुवा गरेपछि भिमेश्वर नगरपािलकामा कर्मचारी सरुवा बिबाद सुरु भएको हो।
यसबारे बुझ्न अधिकृत शंकर नेपाललाई फोन गर्दा,फोन उठाएनन्।
तर शिवाकोटीले भने आफुलाई जनता काम गर्न सहज महसुस भईरहेको बेला पकट-पटक फरक पार्टीको भएबापत् कर्मचारी सुरुवा गरेर काम गर्न नदिएको आरोप लगाए।
कर्मचारीको सरुवाको बिषयमा बिबाद बढ्न थाले पछि नेेेेपल काठमान्डौ हिडेको नगरपालिकाका कर्मचारी बताउँछन्।
उनी यसअघि तत्कालिन जिल्ला बिकास समितिमा स्थानिय बिकास अधिकारीका रुपमा रहेका थिए।
जिल्ला बिकास समिति दोलखामा रहँदा समेत उनी बिबादास्पद थिए। जनप्रतिनिधि आउनु अगाडी जिल्ला बिकास समिति दोलखाको बिभिन्न सामाग्री खरिदको घोटालामा समेत मुछिएका थिए।
प्रमुख प्रशासकिय अधिकृत नेपालले जिबिसमा रहँदा झोला, फर्नीचर,अन्य जिबिसका सामाग्री, मोटर साईकल खरिद लगायतमा ब्यापक घोटाल गरेको जिबिसका कर्मचारीहरुले नै आरोप लगाउने गरेका छन्।