वाम गठबन्धनले भन्यो “प्रधानमन्त्री देउवा ज्यू जनमतको अपमान नगर्नुस”

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0
फाईल तस्बिर

काठमाडौं, पुस २ । वाम गठबन्धनका नेताहरुले जनमतको अपमान नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले निर्वाचनमा ठूलो जित हासिल गरिसकेको अवस्थामा नयाँ सरकार गठनलगायतका विषयमा सहयोगीको भूमिका खेल्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

सरकार काम चलाऊ बनिसकेकाले सानातिना नियुक्ति गर्ने र राष्ट्रिय सभा गठनको बखेडा झिकेर समय लम्ब्याउने काम नगर्न उनीहरुले सुझाव दिए ।

ओली र दाहाल दुवैले नेपाली कांग्रेसको मागअनुसार एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्नु संविधान विपरित हुने धारणा राखे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।