बस दुर्घटनामा १ जनाको मृत्यु

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0

धनगढी, पुस २। टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको बस अनियन्त्रित भई सडकमै पल्टिँदा एकजनाको मृत्यु भएको छ।

से१ख ११९२ नम्बरको यात्रुवाहक बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखन्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ ।रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।