जाम्बियामा हैजा आतंक, मर्नेको संख्या २० पुग्यो

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0

लुसाका, पुस २। जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।

फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्।

हैजाको संक्रमण भएका थप २९ जना बिरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए। स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७६० पुगेको जनाएको छ।

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

ती मध्ये ५७ जनाले मात्रै अहिले अस्पतालमा उपचार गराइरहेका छन् । त्यस बाहेक अन्य सवैजना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ। (सिन्ह्वा)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।