समानुपातिक तर्फको मतगणना सकियो एमालेले ४१,कंग्रेसले ४० सिट पाउने सम्भावना

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0

पुस २ काठमाडौं। मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस ४६ हजार २ सय २७ मतले पछाडि छ।

मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । ‘मतगणना सकिएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले कान्तिपुरसित भने, ‘फाइनल मतपरिणाम सार्वजनिकको तयारीमा छौं ।’

प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत, कांग्रेसले ३१ लाख २४ हजार ७९०, नेकपा (माओवादी केन्द्र) ले १३ लाख २ हजार ३४७ मत पाएका छन् ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २३९ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार १६३ पाएका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।