रोनाल्डोको  गोल संग‌ै रियलले जित्यो क्लब विश्वकप उपाधि (भिडियो सहित)

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0

एजेन्सी काठमाडौं, पुस २।क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकप फुटबल उपाधि जितेको छ। युएईको अबुधावीमा शनिबार राति फाइनलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १-० ले पराजित गर्दै रियल मड्रिडले उपाधि रक्षा गरेको हो।

रियल मड्रिडलाई उपाधि दिलाउन क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरे। पहिलो हाफसम्म गोल रहित बराबरी भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन्। खेलको ५३ औं मिनेटमा फ्रिकिकबाट रोनाल्डोले निर्णायक गोल गरेका थिए ।

योसँगै रियल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ। रियल मड्रिड लगातार क्लब विश्वकप जित्ने पहिलो टोली समेत भएको छ।

क्लब विश्वकपको उपाधिसँगै रियलले यो सिजन पाँच उपाधि भित्राउन सफल भएको छ । रियलले क्लब विश्वकपको उपाधि तेस्रो पटक जितेको हो। योसँगै रियलले क्लब विश्वकपको उपाधि धेरैपटक जित्ने किर्तिमानमा बराबर गरेको छ। रियल मड्रिडले सबैभन्दा बढी उपाधि जितेको क्लब बार्सिलोनासँग बराबरी गरेका हुन् । बार्सिलोनाले पनि तीन पटक यो उपाधि जितेको छ। रियलले यो बर्ष च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, यूएफा सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकपको उपाधि जितिसकेको छ।भिडियो हेर्नुस ……

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।