“काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन”: नेता सिंह

 पब्लिक संवाददाता      शनिबार, पुस १, २०७४      0
फाइल तस्बिर

काठमाडौं, पुस १। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन भनेका छन्।

अध्याध्येशको बारेमा लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताउदै उनले भने,
“हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ।”

थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवम् धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्याध्येशमार्फत राष्ट्रिय सभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे ।

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसदमा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे । “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,”– उनले भने।

उनले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।