पञ्चेबाजा’ को ‘घिन घिन मादल’ गीत रिलिज (भिडियो सहित)

 पब्लिक संवाददाता      बिहिबार, मंसिर २८, २०७४      0

मंसिर २८, सौगात मल्ल तथा कर्माको मुख्य भूमिका रहेको ‘पञ्चेबाजा’ फिल्मको पहिलो गीत रिलिज भएको छ। बिहिबार एक कार्यक्रमका बीच राजधानीमा फिल्मको ‘घिन घिन मादल’ बोलको गीत रिलिज गरिएको हो।

अञ्जु पन्त र डेविड शंकरको आवाज रहेको उक्त गीतमा प्रदीप भाद्वाजले शब्द र विकास चौधरीले संगीत दिएका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा जस्मिन श्रेष्ठका अलावा सँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, देशभक्त खनाल, युवराज भण्डारी लगायतको अभिनय रहेको छ । फिल्म फागुन ११ गते रिलिज हुनेछ। घनश्याम लामिछाने फिल्मका निर्देशक हुन्।

गीतमा यस्तो देखियो सौगातको नाच

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।