वार्षिक सबा ४ अर्ब रुपैयाँ संसद सञ्चालनमा मात्रै खर्च हुने

 पब्लिक संवाददाता      बुधबार, मंसिर २७, २०७४      0

मंसिर २७, मुलुक संघीय संरचनामा गएपछि संसद सञ्चालन खर्च वार्षिक सबा ४ अर्ब रुपैयाँ हुने भएको छ।नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद सञ्चालनमा यो रकम खर्च हुनेछ ।

प्रादेशिक तहमा पनि संसद हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसदको भन्दा तीन गुणाले बढ्नेछ । अघिल्लो संसद सञ्चालन खर्च वार्षिक एक अर्ब ४० करोड रुपैयाँ भएको अभिलेख छ ।

अब संघीयसँगै प्रदेश संसद सञ्चालन हुने भएपछि खर्च वार्षिक ४ अर्ब २० करोड रुपैयाँ पुग्ने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । –नागरिक दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।