पब्लिक संवाददाता
मङ्लबार, मंसिर २६, २०७४
0
मंसिर २६, दोलखा । दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फकोभन्दा समानुपातिकतर्फमा एमाले–काँग्रेस मतान्तर आधाभन्दा बढिले घटेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटको अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८०४७ तथा प्रदेशसभातर्फ ३७८३० प्राप्त गरेको छ भने काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २४०४७ तथा प्रदेशसभातर्फ २३००६ मत प्राप्त गरेको छ ।
त्यसै गरी माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १८७०२ तथा प्रदेशसभातर्फ १९१११ प्राप्त गरेको सहायक मुख्य निर्वाचन अधिकृत रमेश शिवाकोटीले जानकारी दिए ।