विराट कोहली र अनुष्का शर्माको भयो बिहे

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर २६, २०७४      0

१२ डिसेम्बर मुम्बई। लामो समयदेखि एकअर्का विच डेटमा होमिएका भारतीय क्रिकेट टिमका काप्तन बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले अन्ततः बिवाहा गरेका छन्। यी दुवैजनाले ईटलीको चर्चीत रिसाेर्टमा  विबहा गरेका हुन।

विबहामा भने धेरैलाई आमन्त्रण गरिएको थिएन। विवाहमा परिवार र नजिकका आफन्त मात्र सामेल भएको जनाइएको छ।
अनुष्का शर्मा यश राज ब्यानरले निर्माण गरेको फिलिम ‘रब ने बना दी जोडी’ बाट ९ वर्ष पहिला बलिउड फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन। त्यस यता बलिउड सटार शाहरुख खान, अमिर खान र सल्मान खान जस्ता बलिउड स्ताटर संग स्क्रिन शियर गर्ने मौका सहित रातारात स्टार बनेकि थिइन।
१२ डिसेम्बर २००८ मा फिलिम ‘ रब ने बना दी जोडी’ रिलिज भएको थियो र  अनुष्काले यस्लाई राम्रो दिन ठान्दै त्यही डिसेम्बर १२ को ठिक अघिल्लो दिन बिबहा गरेकी छिन्।

विवहा इटलीमा भए गरे पनि उनीहरुको पार्टी भने मुम्बईमा हुने जनाइएको छ ।

उनीहरुको २६ डिसेम्बरमा पार्टी हुने जनाइएको छ। उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए । विवाहमा भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।