रुसले सिरियामा तैनाथ आफ्नो सेना फिर्ता बाेलायाे

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर २६, २०७४      0

एजेन्सी मंसिर २६, रुसले सिरियामा तैनाथ आफना सेना फिर्ता बोलाएको छ।रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा तैनाथ गरिएका सेना फिर्ता गर्ने निर्णय गरेलगत्तै रुसी सेना धमाधम फिर्ता हुन थालेका छन् ।

अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएका भन्दै सेना फिर्ता बोलाउने निर्णय गरिएको रुसी रक्षामन्त्री सरगोई सोइगुले जानकारी दिए ।

सिरिया भ्रमणकै क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असदबीच सिरियाको लाताकियामा रहेको हवाई अड्डामा भेटवार्ता भएको थियो।

सिरियामा जारी द्वन्द्वपछि रुसले सिरियामा ३ हजारको संख्यामा आफना सेना तैनाथ गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।