‘कागजपत्र’को फस्ट लुक सार्बजनिक

 पब्लिक संवाददाता      आइतवार, मंसिर २४, २०७४      0

मंसिर २४, छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ। चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ। चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो। चलचित्रको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ।

सामजिक प्रेमकथामा बनिरहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गर्दैछन्। चलचित्रको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन्। चलचित्रलाई अस्ट्रेलियन सिनेमेट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन्।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माताको रुपमा विशारद बस्नेत रहेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।