मंसिर २४,धेरै कलाकारलाई चुनाव लागेका बेला लोकगायक राजन ठकुरी भने चुनावी माहोलभन्दा अलि पर गीतसंगीतका काममा रमाईरहेका थिए । कयौं कलाकार पार्टीका झण्डा बोकेर विभिन्न स्थानमा पुग्दा ठकुरी भने देशको झण्डा बोकेर राष्ट्रिय गीतको छायाँकनमा निस्किए । कति कलाकारले झण्डा बोकेर प्रचार गरेका राजनैतिक दलले हार्दै अथवा जित्दै गर्दा ठकुरी भने समग्रमा देशको जितमा दंग छन् । चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा उनले त्यहि समय काम गरेको उनको स्वदेशगान पनि सार्वजनिक भएको छ ।
लोक गायनमा राम्रो छाप बनाउँन सफल ठकुरी पछिल्लो समय सुगमसंगीत र अन्य गायन तर्फ पनि लागिरहेका छन् । त्यसैको पछिल्लो परिणाम हो ‘हिमाल शिर हो ,पहाड छाती हो, मुटु तराई हो मेरो’बोलको राष्ट्रिय गीत ।
आफ्नै शब्द/संगीतमा ठकुरीले गाएको यो गीतको म्यूजिक भिडियोमा पनि गायक ठकुरी स्वयम् देखिएका छन् । उक्त स्वदेशगान राष्ट्रिय एकता, स्वाधीनता र नेपाली माटोको रक्षाको लागि आफ्नो आवाज भएको ठकुरीले बताएका छन् ।
शिव विकेले निर्देशन गरेको म्यूजिक भिडियोलाई रोबिन विकेले सम्पादन गरेका छन् ।
राष्ट्रिय गीतको म्यूजिक भिडियो :