३ अर्ब ७० करोडको सामूहिक लगानी कोष आउँदै

 पब्लिक संवाददाता      आइतवार, मंसिर २४, २०७४      0

मंसिर २४, नेपाल धितोपत्र बोर्डमा ३ अर्ब ७० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति माग्दै आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले ती सामूहिक लगानी कोषका योजना निष्कासनको लागि दिएको आवेदनलाई अध्ययन गरी उपयुक्त ठानेमा निष्कासन अनुमति दिन सक्छ।

ती सामूहिक लगानी कोष योजना सञ्चालनमा आएको खण्डमा सेयर बजारमा धितोपत्रको चाप लागि बढ्नेछ । विभिन्न ४ सामूहिक लगानी कोषका ४ योजनामार्फत सर्वसाधारणबाट ३ अर्ब ७० करोड रुपैयाँबराबरको ३७ करोड युनिट बिक्री गरी संकलन गरी धितोपत्रको दोस्रो बजारमा लगानी गर्छन् । सामूहिक लगानी कोष योजनाले सर्वसाधारणबाट उठाएको रकम सेयर बजारमा नै लगानी गर्ने हुन् । बोर्डमा ग्लोबल आईएमई सामूहिक लगानी कोषको ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ग्लोबल आईएमई सामूहिक लगानी कोषले एक अर्ब २० करोड रुपैयाँ बराबरको योजना ल्याउने तयारी गरेको हो ।
त्यसैगरी सिटिजन्स बैंकको सिटिजन्स म्युच्यूअल फण्डको सिटिजन्स म्यूच्यूअल फण्ड १ नामक एक अर्ब रुपैयाँबराबरको योजना ल्याउने तयारी गरेको हो । त्यस्तै एनआइसी एसिया बैंकको सामूहिक लगानी कोष योजना एनआइसी एसिया ग्रोथ फण्ड निष्कासन गरी एक अर्ब रुपैयाँ सर्वसाधारणवाट संकलन गर्न खोजेको हो । त्यसैगरी एनआइबीएल क्यापिटलले एनआइबीएल सहभागीता फण्ड निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । एनआइबीएलले ५० कारोड रुपैयाँ बरावरको खुल्लामुखी योजना सञचालन गर्ने तयारी गर्दै बोर्डमा आवेदन दिएको हो । बोर्डमा निवेदन दिएको अधिकांश सामूहिक लगानी कोष योजनाको आवेदन उपर बोर्डले अध्ययन गरेर पहिलो चारणको प्रतिक्रिया पठाएको जनाएको छ । तर, ती आवेदक मध्ये एनआइसी एसिया बैंकको आवेदन उपर बोर्डले अध्ययन गरेर पठाएको प्रतिक्रियालाई अध्ययन गर्दै गरेको जनाएको छ ।
यसअघि ११ सामूहिक लगानी केषका योजना नेपाल स्टक एस्कचेन्ज (नेप्से)मा कारोबारका लागि सूचीकृत छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका ३ सामूहिक लगानी कोष योजना र नेप्सेमा सूचीकृत सम्पूर्ण योजना बन्दमुखी हुन् । तर, एनआइबीएल क्यापिटलले बोर्डमा आवेदन दिएको ५ करोड रुपैयाँबराबरको योजना भने खुल्लामुखी हो । खुलामुखी योजना दोस्रो बजारमा सूचीकरण हुदैंन। निष्कासन कम्पनी अर्थात् एनआइबीएलले नै खरिद बिक्री गराउँछ। (काराेबार दैनिक)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।