अव पालाे राष्ट्रियसभा निर्वाचनको, कहिले होला त निर्वाचन ?

 पब्लिक संवाददाता      आइतवार, मंसिर २४, २०७४      0

काठमाडौं, मंसिर २४। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्बाचन भइसकेको छ । संविधानबमोजिम अब राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचन लगत्तै राष्ट्रसभाको निर्बाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रिसभा सदस्य निर्बाचन सम्बन्धी कानुन अझै बनेको छैन् ।

संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुईवटा संसदको व्यवस्था छ । दुईवटा संसदलाइृ संघीय संसद भनिन्छ ।

प्रतिनिधि सभा निर्बाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन अब्हान गर्नुपर्ने संविधानको धारा ९३ मा उल्लेख छ ।

निर्बाचन आयोगले प्रत्यक्ष निर्बाचनको नतिजा मंसिर २६ गतेभित्र र समानुपातिकतर्फको नतिजा मंसिर ३० गतेभित्र आइसक्ने जनाएको छ।

अब पु्स अन्त्यतिर संघीय संसदको बैठक आब्हान गर्नुपर्नेछ । अतः राष्ट्रियसभाको निर्वाचन त्यसअघि नै सम्पन्न गर्नुपर्नेछ । –नागरिक दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।