मंसिर २३- भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विहेको चर्चा उत्कर्षमा छ। खबर अनुसार यसै महिना उनीहरु पति-पत्नी बन्ने छन् ।
सूत्रका अनुसार कोहलीले बिहेमा धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिएका छैनन् । उनका केही खास साथीहरु र परिवारका सदस्य मात्रै वैवाहिक समारोहमा उपस्थित हुने बताइएको छ।
भारतीय क्रिकेट टिम १० डिसेम्बरबाट श्रीलंकाविरुद्ध वान डे सिरिजमा व्यस्त रहनेछ। यस्तोमा टिमका कुनै पनि खेलाडी बिराटको बिहेमा उपस्थित हुने सम्भावना झिनो छ। यद्यपि, बिराटले सचिन तेन्दुलकर युवराज सिंहलाई आफ्नो बिहेमा उपस्थित हुन निम्तो दिएका छन्। यसका अलावा उनले आफ्नो बाल्यकालका कोच राजकुमार शर्मालाई पनि डाकेका छन्।
यता अनुष्काले पनि आफ्ना केही छिमेकी, आफन्त र साथीभाईलाई बिहेको निम्तो दिइसकेको बुझिएको छ। उनले बलिउडका सिमित साथीहरुलाई मात्र बोलाएकी छिन् । उनको निमन्त्रणा सुचीमा शाहरुख खान, आमिर खान, आदित्य चोपडा, करण जौहर, रणवीर कपूर, कट्रिना कैफ र मनीष शर्मालाई बोलाएकी छन् । तर सुपरस्टार सलमान खानलाई भने अनुष्काले बोलाएकी छैनन् ।
अहिले बिराट र अनुष्का दुवैले आआफ्नो कामबाट छुट्टी लिएका छन् र उनीहरु परिवारसहित इटालीतिर लागेका छन् । बिहिबार अनुष्का आफ्नो परिवारका साथ स्विस एयरवेजको फ्लाइटमा र बिराट दिल्लीबाट उडेका हुन् । इटालीमा नै १२ डिसेम्बरमा उनीहरुले बिहे गर्ने अनुमान गरिएको छ । यद्यपि, अनुष्का र बिराट दुवैले बिहेको औपचारिक पुष्टि गरेका छैनन्।
बिराट र अनुष्का विगत ४ वर्षदेखि डेट गरिरहेका छन् । यसअघि पनि पटक-पटक उनीहरुले बिहे गर्ने चर्चा चलेका थिए, तर ती चर्चा असत्य सावित भए ।