गोरखा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराई विजयी

 पब्लिक संवाददाता      शनिबार, मंसिर २३, २०७४      0

मंसिर २३-गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । डा. भट्टराई ७ हजार १७४ मतले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

डा. भट्टराईले ३१ हजार १०७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे ।

भट्टराईलाई नेपाली कांग्रेसको साथ रहेको थियो भने श्रेष्ठलाई एमालेले समर्थन गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।