दोलखाको तिनै क्षेत्र बाम गठबन्धनको पोल्टामा।

 पब्लिक संवाददाता      शनिबार, मंसिर २३, २०७४      0

मंसिर २३ चरिकोट । दोलखाको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा गरि तिनै  निर्वाचन क्षेत्रमा  वाम गठवन्धनका उमेदवारले जित हासिल गरेको छ।

जिल्लाको मतगणना पूरा हुदा, प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले ५५९५४ मत ल्याई विजयी भएको हो। उनका  निकतम प्रतिद्वन्द्वी रुद्रबहादुर  खड्काको भने, २५,८०१ मत ल्याएको छ।

त्यस्तै प्रदेश सभा १ (क)का बाम गठबन्धनका  उमेदवार विशाल खड्का ले पनि निकतम प्रतिद्वन्द्वी बर्मा लामाको भन्दा१५३९३ मत ल्यायी विजयी भएको छ।

उनले २८३५० मत ल्यएका थिए भने,बर्मा लामाले १२९५७ ल्याएको छ।

यता प्रदेश सभा २ ‘ख’ मा पनि बाम गठबन्धनका उमेदवार पशुपति चौलागाईंले २३०५८ मत सहित विजयी हासिल गरेको छ।

उनका निकटम प्रतिद्वन्द्वीहरु केशवराज चौलागाईंले १२९५६ र लालकुमार केसीले ३४०४ मत ल्यएका छन।

यो संगै दोलखाको प्रत्येक्ष तर्फको सबै मत गणना सकेको छ।  अब समानुपातिक तर्फको मतगणना पनि छिट्टै  सुरु हुने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।