दाहाललाई पछि पार्दै पाण्डेको अग्रता

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

मंसिर २२ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले सुरुआती अग्रता हासिल गरेका छन् ।

चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गरेका छन् भने दाहालले ४७३ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी, चितवन क्षेत्र नम्बर–२ मा ९४० मतगणना गर्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५७२ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २९२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–१ को मतगणना केहीबेर स्थगित भएर पुनः सुचारु भएको छ ।

मतदान अधिकृतले सर्वदलीय सहमतिविपरीत आफूखुसी सदर र बदर मत निर्णय गरेको भन्दै प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजेन्द्र बुर्लाकोटीसहित प्रतिनिधिहरू मतगणनाबाट बाहिरिएका थिए ।

बदर भनिएका दुई मत सदर गर्ने सहमतिपछि पुनः मतगणना भएको हो । रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।