रामेछापमा वाम गठबन्धको अग्रता फराकिलो 

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

मंसिर २२,पहिलो चरणको निर्वाचन भएको रामेछापमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा रामेछापका सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेवारले फराकिलो अग्रता लिएका छन् ।

प्रतिनिधिसभाको एउटा क्षेत्र रहेको रामेछाप जिल्लामा बाम गठबन्धनका उम्मेदवार माओवादी नेता श्यामकुमार श्रेष्ठले ७ हजार ६ सय ६४ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले ५ हजार ६ सय ३० मतका साथ पछ्याइरहेका छन् ।

प्रदेश तर्फको क्षेत्र नं १ मा बाम गठबन्धनका एमाले उम्मेदवार शान्तिप्रसाद पौडेलले ४२९३ मतका साथ अग्रता लिएका छन्। उनलाई कांग्रेका रत्न कार्कीले ३३४३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै प्रदेशसभा ख मा पनि एमालेकै कैलाशप्रसाद ढुंगेलले फराकिलो मतान्तर सहित अग्रता लिएका छन्। उनले  ५३४७ मत ल्याएका छन् भने कांग्रेसका जीतबहादुर मगरले २३८१ मत ल्याएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।