भुकम्पले हल्लायो दोलखा, ५.२ रेक्टर स्केलको धक्का

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

मंसिर २२ चरिकोट। भूकम्पले दोलखालाई फेरि एकपटक हल्लाएको छ।
शुक्रबार बिहान  ८ः३६ बजे दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको धक्का लागेको हो।

दोलखाको जिरी, मिर्गे, काभ्रे र जुगुको बीच भागमा केन्दबिन्दु भएर भूकम्प गएको हो।

यो भूकम्पको धक्कालाई ०७२ सालको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो भूकम्पको धक्का प्रदेश नम्बर-३ का दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं उपत्यकासंगै वरिपरिका जिल्लामा पनि महशुस भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।