प्रदेश सभा सांसदमा दिपक मनाङे निर्वाचित

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

काठमाडौं, मंसिर २२। गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्।

मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।

मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।