दोलखामा मतगणना सुरु गर्न निर्वाचन आयोगको पत्र, कांग्रेस गणनामा सहभागी नहुने

 पब्लिक संवाददाता      बिहिबार, मंसिर २१, २०७४      0

मंसिर १९ दोलखा। निर्वाचन आयोगले दोलखाको मत गणना गराउ भन्ने आदेश सहिततको पत्र, निर्वाचन आयुक्तको कार्यालय दोलखामा पठाएको छ।

मतदान केन्द्रमा भएको धाधली भएको उजुरी उपर छानबिन नभएसम्म मतगणनामा सहभागी नहुने भन्दै दोलखाका कांग्रेसको अडान पछि आयोगले पत्र पठाएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन एेन, २०७४ को दफा ४६ तथा प्रदेश सभा सदस्य निर्वाचन एेन,२०७४ को दफा ४६ बमोजिमको अवस्था विद्यमान रहेको नदेखिएभएको मतदान बदर गर्नुपर्ने अवस्था नरहेको हुदा निर्धारित समयमा मतगणना प्ररम्भ गर्न भन्दै, निर्वाचन अायुक्तलाई पत्रमार्फत भनेको छ।

यता नेपाली कांग्रेस दोलखाले भने वाम गठबन्धनले जुंगु र सुरी सहित विभिन्न ७ मतदान केन्द्रमा धाँधली भएको बारे आफुले दिएको उजुरी उपर न्यायोचित छानविन नभएसम्म  मतगणना कार्य अघि नबढाउन आग्रह गरेको छ।

आज साझ  प्रेस  बिज्ञपति निकालेर प्रतिनिधि सभा सदस्य उमेदवार र प्रदेश सभा ‘क’ सदस्य उमदवारको मतगणना मान्य नहुने भन्दै मत गणनामा नबस्ने भनेको छ।

अन्यौल कायमै रहेपनि दोलखाको मतगणना भने केही समयपछि सुरु हुदैछ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।