डडेल्धुराको परशुराम नगरपालिकामा ३ वटा बम, एउटा विस्फोट

 पब्लिक संवाददाता      बिहिबार, मंसिर २१, २०७४      0

मंसिर २१ । डडेल्धुरा जिल्लाको परसुराम नगरपालिकामा ३ वटा बम भेटिएको छ । प्रधानमन्त्रीको गृहजिल्ला समेत रहेको डडेल्धुरामा दिउँसो १२ बजेतिर बम विस्फोट भएको हो ।

जिल्ला सदरमुकामबाट ८५ किलोमिटर टाढा रहेको नगरपालिकामा बम विष्फोट भएको जानकारी आएको भएपनि यस विषयमा थप जानकारी लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा मतदान गरेर कैलाली गईसकेपछि विस्फोट भएको हो । विस्फोटमा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।