पब्लिक संवाददाता
बिहिबार, मंसिर २१, २०७४
0
मंसिर २१ धरान । सुनसरीको धरान १६ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । वडाको चन्द संस्कृत मावि मतदान केन्द्र नजिकै विहान १० बजेतिर बम विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सो ठाउँमा पटका जस्तै आवाज आउने विस्फोटक पदार्थ पड्किएको भएपनि बम नै हो भन्ने पुष्टि भई नसकेको बताएको छ । सो विषयमा थप जानकारीका लागि प्रहरी टोली घटनास्थलमा पठाईएको छ ।
बम विस्फोटमा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।