पब्लिक संवाददाता
बुधबार, मंसिर २०, २०७४
0
रसुवा, मंसिर २० । विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोेदेखि बन्द भएको छ ।
बिग्रिएको राष्ट्रिय प्रसारणलाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सन्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।
विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने बिहीबार साँझदेखि सुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सन्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बिहीबार दिउँसोसम्म चालू हुने अपेक्षा राखिएको बताए । रासस