महिला हिंसा विरुद्धको १६ दिने अभियानमा उज्यालो भविष्यको साथ

 पब्लिक संवाददाता      बुधबार, मंसिर २०, २०७४      0

मंसिर २०, दोलखा । महिला हिंसा विरुद्धको १६ दिने अभियान सँगै लैंगीक हिंसा अन्त्यका लागि सवै जुटौँ कोही नछुटौँ भन्ने मुला नाराका साथ दोलखा सदरमुकाम चरिकोटमा उज्यालो भविष्य संस्था दोलखाले र्याली तथा महिला हिंसा सम्वन्धि जनचेतना मुलक कार्यक्रम र नाटक सम्पन्न भएको छ।
उज्यालो भविष्य संस्था दोलखाको आयोजनामा महिला तथा बालवालिका कार्यालय दोलखाको समन्वयमा सिविन नेपाल, ओमन एक्ट, एटविनको सह आयोजनामा लैंगीक हिंसा अन्त्यका लागी सवै जुटौँ कोहि नछुटौँ भन्ने मुल नाराका साथ लैंगीक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानलाई सार्थक रुप दिनका लागि जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
दोलखा जिल्लामा महिला तथा वालवालिकाको क्षेत्रमा कार्य गर्दै आएको उज्यालो भविष्य संस्था दोलखाले १६ दिने अभियानमा सचेतनामुलक सडक नाटक र र्याली प्रदर्शन गरेर समाजमा भएका कुरिति तथा कुसंस्कारको न्युनिकरण हुने र ग्रामिण भेगका महिलाहरुमा अझै जनचेतनाको पहुँच बढाउनुपर्ने र कुनै पनि लैंगीक हिंसा सँग सम्वन्धित घटना भएमा घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने महिला तथा वालवालिका कार्यालय दोलखाका अधिकृत मिना पौडेलले बताउनुभयो।
कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका उप–प्रमुख कमला वस्नेतले लैंगीक हिंसा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकाय, शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरुले पनि आ–आफ्नो क्षेत्रवाट महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउँदै आगामी दिनहरुमा पनि महिला तथा वालवालिकाको क्षेत्रमा आफुले निर्वाह गर्नुपर्ने भुमिकामा कुनै पनि कमि आउन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उज्यालो भविष्य संस्था दोलखाले यस अघि पनि महिला तथा वालवालिका र युवाहरुलाई लक्ष्यीत गरी बालमैत्री दोलखा निर्माण, सरसफाई, जनचेतनामुलक तालिमहरु र विद्यार्थीहरुका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु गर्दै आएको र यसलाई निरन्तरता दिँदै अगाडी बढ्ने उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन वस्नेतले जानकारी दिए।
कार्यक्रममा भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेत, महिला तथा वालवालिका कार्यालय दोलखाका महिला विकास अधिकृत मिना पौडेल, नागरिक समाज दोलखाका अध्यक्ष दीपशंकर चौँलागाई, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।