मंसिर २० दोलखा।भिमेश्वर नगरपालिका वडा नं ३ चरिकोटमा, बुधबार देखि सिद्धार्थ बैंकले आफ्नो शाखा स्थपना गरी संचालनमा ल्याएको छ।
एटीएम सेवा सहित चरिकोट पुतली बजारमा रहेको आफ्नो शाखाले सबै प्रकारको बैंकिङ सेवा प्रदान गर्ने बैंकका म्यानेजर पेमाछिरी शेर्पाले बताए।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको राष्ट्रिय स्तरको ईजाजत प्राप्त सिद्धार्थ बैंकको यो ८२अौँ शाखा भएको र दोलखाको आर्थिक समृद्धिमा टेवा पुर्याउन बैंकले महत्त्वपूर्ण भुमिका खेल्ने समेत भने।
छ अर्व चौरासी करोड,उनानपचास लाख उनानपचास हजार (६,८४,४९,४९,०००।००) कुल चुक्ता पुजी रहेको यस बैंकले दोलखा सदरमुकाम पश्चात् छिट्टै नै दोलखाको ग्रामीण भेगमा पनि माईक्रो बैंकिङ सिस्टमबाट सेवा सुविध दिने बताए।
बैंकले विषेश गरी कृषि, पर्यटन, व्यापार,होटल,गाडी लगाएतका ब्यक्तिगत र संस्थागत कर्जा प्रवाह गरि
स्थानीय साना तथा मझौला ब्यारलाई सहयो गर्ने भनेको छ।
यो संगै चरिकोटमा निजी क्षेत्रको कमर्सियल बैंक ८ वटा भएको छ भने तिन वटा बिकास बैंकले पनि यसअघि नै आफ्नो सेवा प्रदान गर्दै आएको छ।