पब्लिक संवाददाता
मङ्लबार, मंसिर १९, २०७४
0
![](https://publicpati.com/wp-content/uploads/2017/11/एमाले-01.jpg)
हेटौडा। पूर्व सभासद एवम एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार राजाराम स्याङ्तानलाई मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला, लामीटारका स्थानियले निर्वाचन आचार संहिता विपरित पैसा बाडन आएको भन्दै लखेटेका छन्।
मंगलबार राति ८ बजेको समयमा प्रदेश सभा सदस्यका उम्मेदवार स्याङतानले पैसाको प्रलोभन देखाउँदै स्थानिय उम्मेदवारलाई भोट नदिए ठिक नहुने भनि धम्की समेत दिएको स्थानियको भनाई छ।
उम्मेदवार स्याङतान नोटसँग भोट साटन आएको भन्दै स्थानिय यूवाहरुले नौ दश वटा बाइकमा मनहरीको ज्यामीरे सम्म लखेटको स्थानियले बताएका छन्।
यस अघि पनि स्याङतानलाई मतदातालाई प्रलोभनमा पार्न कम्बल र चामल बाडेको आरोप लागेको थियो ।
स्याङतान बामगठबन्धनका तर्फबाट मकवानपररको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेस सभा क्षेत्र नम्बर ख का उम्मेदवार हुन।