कृषि विकास बैंकको रकम घोटलामा सेनाका सहायक रथी, खातामा भेटियो  ३५ लाख

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १९, २०७४      0

काठमाडौं, मंसिर १९ कृषि विकास बैंक न्युरोड शाखाबाट भएको रकम घोटालामा नेपाली सेनाका सहायक रथी मुछिएका छन्।  वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर रमेश विष्ट बैंक घोटालामा मुछिएका हुन् ।

बैंकको ४ करोड ९१ लाख रुपैयाँ घोटाला गरेको बैंककी कर्मचारी दीपिका रेग्मी पक्राउ पछि विष्ट मुछिएका हुन् ।  ‘विष्टको खातामा ३५ लाखजति रकम भेटिएको छ, सिआइबीका एक अधिकारीले भने, ‘अनुसन्धान भइरहेको र अन्य व्यक्ति पनि तानिन सक्ने भएकाले अहिले बोल्न मिल्दैन।’

विष्टको खातामा रकम जम्मा भएको देखिएपछि नेपाली सेनालाई घटनाक्रमबारे सिआइबीले जानकारी गराएको थियो। सेनाले विष्टमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

‘विष्टमाथी बैंक घोटलाको आरोप लागेपछि हामीले उनलाई बाेलाएरै छानविन सुरु गरेका छाैं’ जंगी अड्डा स्रोतले भन्यो।

विष्टमाथि लागेको आरोप पुष्टि भए सेनाले आफैँ कारबाही थाल्छ।

विष्ट र रेग्मी मामा भान्जी रहेको अनुसन्धानबाट खुल्न आएको छ। रेग्मीले सुरक्षित हुने देखिएपछि विष्टको खातामा रकम जम्मा गरेको प्रहरीसमक्ष बताएकी छिन् ।

बैंकमा कार्यरत सहायक टेलर रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स ९ईसीसी० मार्फत सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरिदिने र भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक बिष्ट लगायतका खातामा हालिदिने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत रेग्मीकी सहयोगी अर्दली रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाई पक्राउ गरेको थियो।(सेतोपाटीबाट)

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।