पब्लिक संवाददाता
मङ्लबार, मंसिर १९, २०७४
0

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ नेपाल बाहिर प्रदर्शन हुने भएको छ । रमेश उप्रेती, केकी अधिकारी, दिपिका प्रसाईं स्टारर चलचित्र अमेरिका लगायतका देशमा प्रदर्शन हुने भएको हो ।
निर्माण पक्षका अनुसार डिसेम्बर १० मा अमेरिका, २४ मा साउथ कोरिया र युकेलगायत युरोपका अन्य देशमा प्रदर्शन हुनेछ ।
चलचित्र ‘ऐश्वर्य’ मा नायक रमेश उप्रेती आँफैले लगानी गरेका छन्।