पब्लिक संवाददाता
मङ्लबार, मंसिर १९, २०७४
0
रौतहट मंसिर १९ । रौतहट जिल्लाको गढी माई नगरपालिका-६ सिघारमन, धरमपुरमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएको छ। राजपाका कार्यकर्ताहरु मतदातालाई आफ्नो पक्षमा रिझाउन माछा बाँटदै हिँडेपछि कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्ताबीच झडप भएको हो ।
राजपा नेपाल प्रतिनिधि सभाका सदस्य अनिल झाका कार्यकर्ताले धरमपुरमा ६ मा मतदाताहरूलाई माछा बितरण गर्दा कांग्रेसका स्थानीय नेताहरू बिरोध गर्दा झडपमा परिणत भएको छ भने झडपमा राजपाका बिसमबर यादवको खुट्टा र हाथ चोटपटक लागेको छ ।
झडप हुने ठाउँबाट प्रहरीले कांग्रेसका ३ जना कार्यकर्तालाई आफ्नो नियन्त्रणमा लिएको छ। पक्राउ परेका कार्यकर्तामा लालबाबु राय यादव र राजा यादव रहेका छन् । साथै एक जनाको नाम खुल्न सकेको छैन।