पब्लिक संवाददाता
मङ्लबार, मंसिर १९, २०७४
0
काठमाडौं, मंसिर १९ । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ।
अम्बे सिमेन्ट प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेकोभन्दा कमसल कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अम्बे सिमेन्ट प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदन्डभन्दा कमसल कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए। रासस