एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्ता माथि छुरा प्रहार गर्यो

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १९, २०७४      0

काठमाडौं । गुल्मीमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्ता माथि छुरा प्रहार गरेका छन्। सोमबार राती ११ बजेदेखि १२ बजेसम्मको बीचमा मुसिकोट नगरपालिका वडा नं १ आरु चौरमा नेकपा एमालेका कार्यकर्ता हिमाल केसी नेपाली काँग्रेसको नेता तथा कार्यकर्ताको घरघरमा छिर्दै चुनावी प्रचारको लागि राखेका ब्यानरहरु निकाल्ने, जलाउने तथा च्यात्ने काम गरेका थिए ।

केसीको नेतृत्वमा गएको एमालेका कार्यकर्ताहरुको टोलीले तरुण दल मुसिकोट नगरपालिका १ का सदस्य सन्तोेष केसी माथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट केसी गम्भीर घाईते भएका छन् ।

घटनापछि नेपाली काँग्रेस गुल्मीले त्यो घटना काँग्रेसको पक्षमा देखिएको जनलहरबाट आत्तिएका टोलीले गरेको आरोप लगाएको छ । काँग्रेसले यो नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने हेतुले गराईएको घटना भन्दै यसको घोर भत्र्सना गरेको जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।