नेपाल–भारत सीमा नाका तीन दिनसम्म बन्द

 पब्लिक संवाददाता      सोमवार, मंसिर १८, २०७४      0
फाईल तस्विर

वीरगन्ज, मंसिर १८ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ ।

सोमबार राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ ।

पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए ।
यसैगरी, बाँके जिल्लाको नेपाल–भारत सीमा नाका पनि सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ । रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।