शेयर बजार ऋणात्मक, बीमा समूहमा उच्च गिरावट

 पब्लिक संवाददाता      सोमवार, मंसिर १८, २०७४      0

काठमाडौं, मंसिर १८ । सोमबार शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंक बराबरले झरेर १५ सय २६ मा आइपुग्यो ।

होटल र उत्पादनमूलक बाहेक अरु सबै समूह ऋणात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ४ अंकको गिरावट आयो ।

लघुवित्त र विकास बैंक समूहमा दोहोरो अंकको गिरावट आउँदा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

होटल समूह १८ अंकले उकालो लाग्दा उत्पादनमूलक समूह सामान्य अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीको १० लाख १६ हजार कित्ता शेयर ५४ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।