पब्लिक संवाददाता
सोमवार, मंसिर १८, २०७४
0
काठमाडौं । बम आक्रमणमा परी घार्इते भएका गगन थापाले अस्पतालबाट नै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका छन् । सोमबार काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ शिक्षण अस्पतालमा रहेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले यस्ता मतदाता र उम्मेदवारलार्इ आतंकित पार्ने र उनीहरुको चुनावी अभियानलार्इ नै प्रभावित बनाउन गरिएका हिंशात्मक घटनाबाट विचलित नभर्इ मतदानमा सहभागी हुने उनले आग्रह गरेका हुन् । उनले आफूमाथि योजनाबद्ध रुपमा चुनावी प्रचारलार्इ समेत प्रभावित बनाउनको लागि बम आक्रमण गरिएको भन्दै उनले यसमा मतदाता आतंकित बन्न नहुने बताएका हुन् ।