काठमाडौं । मुलुकको सबैभन्दा ठूलो बामपार्टी नेकपा एमालेको दुई उच्च पदमा रहेका उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुषाल बिचको अन्तरबिरोध बढेको कुरा यति धेरै चर्चामा आयो कि निर्वाचनको प्रचारप्रसारको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नै उनीहरुले आफूहरु बिच अन्तरबिरोध नभएको स्पष्टिकरण सबैका अगाडि दिनु पर्यो । उनीहरुले ‘हाम्रा बिचमा अन्तर बिरोध छैन, हामी एक छौ र सिंगो पार्टी तथा बाम गठबन्धन समेत एक ढिक्का रहेको छ’ भनेपनि उनीहरु बिचको विवाद अझैपनि सुल्झिएको देखिँदैन।
पौडेल रुपन्देही क्षेत्र नम्बर २ र भुषाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । पार्टीमा दुबैको समान हैसियत हो र त्यो भनेको उपमहासचिब पद हो । तर चतुर नेताका रुपमा रहेका पौडेल पार्टीमा हेभिवेट छन् । भुषाल विद्वान र पढेलेखेका छन् । पार्टीको आगामी महाअधिवेशनमा दुई मध्ये एकबाट महासचिब हुने पक्कापक्की छ । त्यसैले अहिलेको यो निर्वाचनबाट दुबै जना एक अर्कालाई हराउने खेलमा भित्री रुपमा लागिपरेको कार्यकर्ताहरु नै बताउँछन् ।
दुई मध्ये एकको पराजय भएको खण्डमा केन्द्रीय राजनीतिमा पहुँच र प्रभाब कम हुने, कार्यकर्ताहरु माझ लोकप्रियता कम हुने जिल्लामा प्रभाव कम हुने लगायतका कारण नै अहिले दुई उपमहासचिव बिच आन्तरिक रुपमा द्वन्द्व बढेको बाम बुद्धिजीवीहरु बताउछन्।
भुषालका तुलनामा पौडेल आफना क्षेत्रमा मजबुत छन् । तर भुषाल भने आफनो क्षेत्रमा कमजोर देखिएका छन् । एमाले रुपन्देहीले मण्डले, भ्रष्टाचारी, सुरजपुरा काण्डको डिजायनरको आरोप लगाउँदै आएका वर्तमान स्वास्थ्यमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दिपक बोहोरा र उनको तत्कालीन पार्टी राप्रपाको सहयोग र समर्थनमा निर्वाचन जितेका भुषाल अहिले उनै बोहरासँग निर्वाचन लड्दैछन् । भुषाल यस अघि बालकृष्ण खाणसँग केही मतले पराजित भएका थिए । अहिले उनको क्षेत्र परिवर्तन गरी १ नम्बर कायम भैसकेको थियो । तर अन्तिम समयमा फेरि ३ मै उठ्न बाध्य बनाईयो । लाग्छ यो ग्राइण्ड डिजाईन यसरी बन्यो कि सजिलै बोहरासँग भुषाल हारुन् । बोहरा यस अघिको संबिधान सभा निर्बाचनमा राप्रपाबाट निर्बाचित भएका थिए । पार्टीगत भन्दा पनि ब्यक्तिगत सम्बन्धका आधारमा बोहराको भोट क्षेत्रमा उनको बढी छ । त्यस्मा पनि अहिले कांग्रेसको सहयोग र समर्थनको लोकतान्त्रिक गठबन्धनले थप सहयोग पुर्याएको देखिन्छ ।
उता बोहराको बिरुद्ध सुरजपुरा काण्ड देखि, आयलनिगम काण्ड, सम्म बनाई अतिरञ्जित गर्न पौडेलेको कार्यकर्ता लागीपरेका छन् । यस्ले भुषालका नजिकका कांग्रेसीमत पनि बिभाजन भई राप्रपा तिरै ढल्किसकेको छ । यस्ले भुषाललाई बेफाईदा र पौडेललाई फाईदा पुगेको छ । अतिरन्जित मिडियाबाजि, सामाजिक सञ्जाल, जस्ताको प्रयोग गरी बोहराको चरित्रहत्या गराउने खेलमा लागी भुषालले पाउने कांग्रेसजनको सहानुभुतिको केही भोट पनि काटीने निश्चित छ । यस्ले गर्दा भुषाललाई यो निर्बाचन फलामको चिउरा चपाउनु जस्तै भैरहेको छ । एमाले र बामगठबन्धनले भनेजस्तो दिपक बोहराले रुपन्देहीमा बिकाशका काम केही नगरेको खाली मन्त्रीपदमा मात्र लाग्ने गरेको आरोप मिथ्या भएको जिल्लाबा बुढापाका बताउछन् ।
उनीहरु भन्छन जतिबेला घनश्याम भुषाल क्याम्पस पढदै थिए, त्यतिबेला बोहरा रुपन्देहीमा भुमिगत जल परियोजा(भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना) २०३९।४० सालमा ) ल्याई गाँउमा सिचाई, ग्राभेल सडक बिस्तार, बिद्युतिकरण र नाला तथा नहर ल्याउन ब्यस्त थिए । आधुनिक सिचाई प्रणालीको बिकाश बोहराले गरेका हुन् रुपन्देहीमा यो उनको ठुलो देन हो । उनले त्यतिबेला परीयोजना ल्याए , अहिले हामीले राम्ररी प्रयोग गर्न सकेनौ । बिकाश गरेको कुरा त मान्नु परयो नि , कस्ले भनयो बोहराले रुपन्देहीमा बिकाशको काम केही गरेन भनेर, बुढाहरु भन्छन् ।
एमालेलाई अहिले अरु केही नपाएर सुरजपुरा काण्डको डिजाईन बनाएर कांग्रेसलाई सिध्याउने खेल भन्दै सदभावना बिथोल्न लागीपरेका छन् । यो सबै ग्राइण्ड डिजाईन पौडेल र भुषालको मा हो र यस्ले नोक्सान बढी भुषाललाई भएको छ । किनकी पौडेल सेफ जोनमा छन् । पौडेलले बोहरालाई पनि सेफ बनाईसकेको दाबी रुष्ट कार्यकर्ताको छ । किनकी यस अघिको संबिधान सभाको निर्बाचनमा पनि एमालेको एक खेमाले उम्मेदवार कमरेड भरत पोखरेललाई असहयोग गरी निर्बाचन हराउदै बोहरालाई जितको माला लगाएका थिए । अहिले झन २०५३को उधारो गुरु दक्षिण फिर्ता गरी एमालेको एक पक्ष बोहरालाई बिजयी बनाउन भित्री रुपमा लागीपरेको छ।(हाम्राकुराबाट)