मोटरसाइकलको साइलेन्सरमा १७ किलो सुन तस्कर गर्ने अभियुक्त सार्वजनिक

 पब्लिक संवाददाता      आइतवार, मंसिर १७, २०७४      0

काठमाडौं, मंसिर १७ । महानगरीय प्रहरी बृत बालाजुले शनिबार बरामद गरेको १७ किलो सुनसहित पक्राउ परेका छुल्टिम तामाङलाई सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका निवासी तामाङलाई सुन सहित सार्वजनिक गरेको हो ।

अभियुक्तले प्रयोग गरेको मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले बताउनुभयो ।

बरामद १७ किलो सुन बजार मूल्य अनुसार ८ करोड ९ लाख बराबर पर्ने प्रहरीले जनाएको छ ।

अभियुक्त तामाङको साथबाट नेपाल र चीनको सिम भएको २ वटा मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।