पब्लिक संवाददाता
आइतवार, मंसिर १७, २०७४
0
![](https://publicpati.com/wp-content/uploads/2017/12/69_684101511866379.jpeg)
काठमाडौँ। सानिमा इक्विटी फण्डको आवेदन दिने मिति सरेको छ। गत शुक्रबार अन्तिम दिन तोकेको फण्डले तीन दिन लगातार सार्वजनिक बिदा घोषणा भएपछि आवेदन दिने म्याद बढाइएको हो। छिटोमा आइतबारसम्म म्याद बढाइएको छ।
सानिमा इक्विटी फण्डले मंगलबारदेखि प्रति इकार्इ १० रुपैयाँ दरको १० करोड २० लाख इकार्इको सार्वजनिक निष्काशन गरेको हो। इक्विटी फण्डको आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगै अनलाइलमार्फत पनि आबेदन दिन मिल्छ।
कसरी दिने अनलाइन आबेदन?
केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी) ले लगानीकर्तालाई अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुबिधा दिँदै आएको छ। सिडीएससीले संचालनमा ल्याएको मेरो शेयर डट सिडिएससी डट कम डट एनपीमा सानिमा इक्वीटी फण्डको आवेदन दिन सकिन्छ।
![](http://bizmandu.com/assets/upload/images/400x260x24331502_10155865639868497_2056787674_n.jpg.pagespeed.ic.DT-HkDDray.webp)
मेरो शेयरमा खाता खोलेपछि लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन)’ लिनुपर्छ।
अहिलेसम्म यस्तो सुबिधा २० वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका छन्। मेरो शेयरमा खाता खोल्ने र बैंकबाट सिआरएन लिने प्रक्रिया सकिएपछि लगानीकर्ताले प्राथमिक शेयरमा अनलाइन आबेदन दिन सक्ने छन्।
अनलाइनबाट शेयरमा आबेदन दिन मेरो शेयरको वेबसाइटमा गई ‘माई आस्बा’ भन्ने फिचरमा क्लिक गर्नु पर्छ। त्यहाँ प्राथमिक शेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ। लगानीकर्ताले आफुले चाहेको कम्पनी क्लिक गरि आवेदन दिन सक्छन्। हाल सानिमा इक्वीटी फण्डको आवेदन दिन सकिन्छ।
लगानीकर्ताले कम्पनी छानेपछि सबैभन्दा पहिले कति कित्ता आवेदन दिने हो त्यो खुलाउनु पर्छ। त्यसपछि यति पैसा लाग्छ भनेर सिष्टमले ‘अटोमेटिक’ देखाउँछ। त्यसपछि कुन बैंकबाट पैसा रोक्का राख्ने हो, त्यसको नाम छनौट गर्नुपर्छ। बैंकको नाम छनौट गरेपछि लगानीकर्ताको खाता भएको शाखाको नाम र खाता नम्बर अटोमेटिक देखाउँछ।
त्यसपछि लगानीकर्ताले सिआरएन नम्बर हालेपछि फाराम भर्ने काम सकिन्छ। त्यसपछि सुरक्षा र लगानीकर्ता पहिचानका लागि मेरो शेयरले लगानीकर्ताको ईमेलमा एउटा कोड पठाउँछ। उक्त कोड हालेपछि अनलाइन फारम भर्ने प्रक्रिया सफल भएको सन्देश लगानीकर्ताले पाउँछन्। उल्लेख गरिएको रकम खातामा छैन भने आवेदन स्वतः रद्ध हुन्छ।