मतदाताका लागि सार्वजनिक स्थलमा पनि ‘मतदाता शिक्षा’ यसरी दिईरहेको छ,

 पब्लिक संवाददाता      आइतवार, मंसिर १७, २०७४      0

काठमाडौं, मंसिर १७ । मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतदान प्रकृया र मतपत्रको बारेमा मतदातालाई जानकारी दिन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम बृहत रुपमा संचालन गरिरहेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मतदातालाई सुसूचित गर्न ठूला–ठूला फ्लेक्स र होर्डिङ्ग बोर्ड झुण्ड्याइएका छन्। पैदल यात्रीलाई हिँड्दा हिँड्दै मतदाता शिक्षाबारे जानकारी होस् भन्ने उद्देश्यले आयोगले व्यस्त चोक तथा सडकलाई केन्द्रीत गरी मतदान गर्ने तरिकासहितका जानकारीमुलक सन्देश उल्लेखित सामग्री टाँगेको छ।

दैनिक जीवनमा सँधैजसो व्यस्त रहने राजधानीबासीका लागि घरघरमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत दिइने शिक्षा प्रभावकारी नहुने र सबैलाई घरमा भेट्न मुस्किल हुने भएकाले पनि सार्वजनिक स्थलमा राखिएका मतदाता शिक्षा सामग्रीहरु मतदातालाई सुसूचित गर्न प्रभावकारी हुने आयोगको विश्वास छ।

काठमाडौंका १३ वटा आकाशे पूललगायत वडा कार्यालयहरुमा आमजनतामा निर्वाचन प्रकृयाको सूचना प्रवाह गर्न सन्देश समाग्री प्रदर्शन गरिएका छन्।

कतिवटा मतपत्र हुने र कसरी भोट हाल्ने भन्ने द्विविधामा रहेका मतदाताहरुलाई यस्ता सूचना सामग्रीले केही हदसम्म भए पनि जानकारी दिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।