अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

 पब्लिक संवाददाता      आइतवार, मंसिर १७, २०७४      0

धनुषा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ ।

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।