मंसिर १६ बारा । स्थानीय तहको निर्वाचनमा कोल्वी नगरपालिका वडा नम्बर ८ मा माओवादी केन्द्र पार्टीबाट वडा अध्यक्षमा उम्मेदवार बनेका लोकबहादुर कुवँर शनिबार काँग्रेसमा प्रवेश गरेका छन्।
कुँवरलाई काँग्रेसका केन्द्रीय सदस्य तथा बारा प्रतिनिधि सभा २ का उम्मेदवार राधेचन्द्र यादवले नयाँ बस्तीमा आयोजना गरिएको कार्यक्रममा टिका लगाएर काँग्रेस पार्टीमा प्रवेश गराएका हुन् । उनीसँगै बाम गठबन्धनका दुई दर्जन स्थानीय कार्यकर्ताहरु पनि काँग्रेसमा प्रवेश गरेका छन् । बाम गठबन्धनमा राम्रो पकड बनाएका कुँवर काँग्रेसमा प्रवेश गरेसँगै गठबन्धनलाई वडामा ठुलो धक्का लागेको काँग्रेसका स्थानीय नेता तथा वडा नम्बर ८ का वडा अध्यक्ष सार्थक पौडेलले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले देशमा लोकतन्त्रलाई बचाई राख्नको लागि काँग्रेस पार्टीलाई मात्रै बिश्वस गरेर यसका उम्मेदवारहरुलाई जितााउनु पर्ने बताएका छन् । बाम गठबन्धका नेताहरुले झुठको खेती मात्रै गर्ने गरेकोले त्यसताका पछि नलाग्न जनताहरुलाई आग्रह गरे । ओली र प्रचण्डले आफनो निजी स्वार्थको लागि बाम गठबन्धर गरेको आरोप लगाए । काँग्रेससँग जुटने प्रत्येक व्यक्तिको सुख दुखमा आफुले सधै साथ दिने आश्वासन नेता यादवले जनताहरुलाई दिएका छन् ।
त्यसैगरी, नयाँबस्ती टोलमै सयौको संख्यामा रहेको काँग्रेसका नेता तथा कार्यकर्ताहरुले उपस्थितीमा घर दैलो कार्यक्रम गरीएको छ । यादवसँगै प्रदेश सभा २ (क) का उम्मेदवार ईनजिनियर राम प्रवेश यादव, महागढिमाई न.पा. प्रमुख उपेन्द्र प्रसाद यादव,करैयामाई गा. पा. प्रमुख भुवनेश्वर धामी ,कोल्बी वडा नम्बर ८ का वडा अध्यक्ष सार्थक पौडेल, रोशन यादव, ओम प्रकाश चौधरी, गंजभवानीपुरका राजेश साह लगाएतकको घरदैलो कार्यक्रम सहभागिता रहेको थियो । विशाल जनसमुदायको साथमा आयोजना गरिएको घरदैलो कार्यक्रमले काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार राधेचन्द यादव र प्रदेश सभाका उम्मेदवार रामप्रवेश चुनावमा जित्ने सम्भावन बढेको काँग्रेसका जिल्ला कमिटि सदस्य रोशन भनिने रबिन्द्र यादवले जनाएका छन्।