कांग्रेस उमेदवारको घरमा प्रेसर कुकर बम

 पब्लिक संवाददाता      शनिबार, मंसिर १६, २०७४      0
फाइल तस्बिर

अछाम : अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उमेदवारका छोरा लब बिष्टले जानकारी दिए ।

कांग्रेस उमेदवार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले थप अनुसन्धान भइरहेको जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।