काठमाडौंका जनताले मलाई मेस्सी बनाएर ओलीको टिमलाई रेड कार्ड दिँदैछन्: रवीन्द्र मिश्र

 पब्लिक संवाददाता      बुधबार, मंसिर १३, २०७४      0
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताहरुले आफूलाई मेस्सी बनाउने बताएका छन् ।
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
 
मंगलबार साँझ नयाँ बानेश्वरमा भएको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले मिश्रलाई मैदानमा मेस्सीले फुटबल खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ भनेर केटाकेटीले बल हान्न खोज्नु र राजनीति रेडियोमा समाचार भने जस्तो सजिलो नहुने कटाक्ष गरेपछि उनले यस्तो बताएका हुन् ।
 
“काठमाडौं क्षेत्र नम्बर १ का जनताले मलाई मेस्सी बनाउँदै छन् भन्ने कुरा ओलीजीलाई थाहा नभएको हुनुपर्छ,” मिश्रले बाह्रखरीसँग कुरा गर्दै भने, “विगतमा जो–जो मेस्सी बनाइए उनीहरुलाई यो पटक १ नम्बरका जनताले रेड कार्ड देखाउँदैछन् ।’’
 
उनले आफ्नो उमेदवारीबाट एमाले, माओवादी र कांग्रेसका कार्यकर्ता समेत खुशी भएको बताए ।
 
“मेरो उमेदवारीबाट स्थानीय तहका एमाले, माओवादी र कांग्रेसका कार्यकर्ता र सुभेच्छुकहरु जो आफ्नै जीवनकालमा यो देश रुपान्तरण भएको हेर्न व्यग्र छन् उनीहरु अत्यन्तै उत्साहित र सकारात्मक छन् । तर, शीर्ष भनिएका लोकतान्त्रिक र वाम गठबन्धनका नेताहरु चाहिँ तर्सिएका देखिन्छ्न,” उनले भने ।
 
उनले आफूले चुनाव जित्दा एमाले अध्यक्ष ओली खुशी हुनुपर्ने तर्क समेत अघि सारे ।
 
“हामी व्यक्ति होइन कुसंस्कृतिको विरुद्ध लड्न आएका हौं,” मिश्रले अगाडि थपे, “मैले जित्दा ओलीजी त खुशी हुनुपर्ने हो किन बेखुशी हुनुभएको ? उहाँहरुले यो देशलाई जस्तो बनाउँछु भनेर परिकल्पना गर्नुभएको थियो, त्यो परिकल्पना पूरा गर्न हामी आएका हौं ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।