पब्लिक संवाददाता
बुधबार, मंसिर १३, २०७४
0
काठमाडौं । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका बुधबार सम्बन्धित जिल्लाको सदरमुकाममा पु्र्याएको छ ।
डोल्पाका से फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।