मकवानपुर । चुनाब हार्ने मनस्थितिमा पुगेपछि मकवानपुरको क्षेत्र नम्बर २ का कम्युनिष्ट गठबन्धनका उम्मेदवारले चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाड्ने र भोट माग्ने गर्न थालेको छन् । गएराती कम्बल बाँड्दाबाँड्दै मनहरी प्याङ्चेबाट लखेटिएका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउँदै गरेको एक ट्याक्टर चामल तरुण नेताहरुले नियन्त्रणमा लिएका छन् ।
एक चिनियाँ क्रिश्चियन संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको, २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए ।
यसपछि काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधि हुन नदिन निगरानी बढाएका थिए ।गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछि हाम्ले निगरानी गरिराखेका थियौं, काङ्ग्रेसका मनहरीका नेता नवराज लामाले भने,’मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।’ निर्वाचन र मतदातालार्इ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिँदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए ।
यता काङ्ग्रेस मनहरी गाउँपालिकाका उपसभापती नुरज पौडेलले प्रहरीसँग घटनाको बिषयमा जानकारी लिइरहेको बताउदै वाम गठबन्धन हारको मानसिकतामा अघि बढेको र मतदातालाई प्रभावित बनाउन अनेक हतकण्डा प्रयोग गरिरहेको बताए। काङ्ग्रेसका नेता तथा कार्यकर्ताले बाड्ने नै भए इलाका प्रहरी कार्यालयबाटै कुनै प्रलोभन नदेखाई, भोट नमागी चामल तथा कम्बल बाड्नुपर्ने माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख ९प्रहरी निरीक्षक० चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।