पब्लिक संवाददाता
बुधबार, मंसिर १३, २०७४
0
कालिकोट, मंसिर १३। कालिकोटको अस्पतालमोडमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मुगुबाट नेपालगन्ज जाँदै गरेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राती दुर्घटना भएको हो ।
दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षीय जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।