ट्रम्पको साथमा सधैँ हुन्छ “सेनेटाइजर”

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

एजेन्सी काठमाडौं, १२ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा सधैँ हुने एउटा चिज हो, ‘ह्यान्ड सेनेटाइजर’। उनी कुनै पनि हालतमा सेनेटाइजर साथमा राख्न भुल्दैनन्।

खासमा ट्रम्पलाई कीटाणुदेखि निकै डर लाग्छ । त्यसैले त सेनेटाइजर बोकेकै हुन्छन्। हतारमा लिफ्टको बटन थिच्न पनि डराउँछन्, उनी । हातमा सेनेटाइजर प्रयोग गरेपछि मात्रै बटन थिच्छन्।

एक अन्तर्वार्तामा ट्रम्पले दिएको अभिव्यक्ति निकै चर्चामा पनि आयो। उनले भनेका थिए, ‘हात मिलाउनु निकै बर्बर प्रथा हो।’ यस्तो अभिव्यक्ति दिनुको मतलब थियो, ट्रम्पलाई कीटाणुदेखि डर लाग्छ र अरूसँग हात मिलाउँदा कीटाणुमार्फत रोग सर्ने सम्भावना बढी हुन्छ ।

उनी सकेसम्म अरूसँग हात मिलाउन चाहँदैनन्। हात मिलाउनैपर्ने अवस्थामा पहिल्यै ह्यान्ड सेनेटाइजर प्रयोग गर्छन् ।

ट्रम्पले सेनेटाइजर बोक्न थालेको धेरै भइसक्यो । अहिले त बानी नै परिसक्यो । सेनेटाइजर उनको साथमा कहिल्यै छुट्दैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।